चितवन,४ भदौ ।
मुग्लिन नजिकै पहिरो जाँदा सोमबार साँझदेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ ।

पहिरोका कारण दुईतर्फी रूपमा नै सडक ठप्प भएको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।

पहिरो सफा गर्न स्काभेटर पठाइँदै गरिएको र सफा गर्न केही समय लाग्नसक्ने कार्यालयको सूचनामा उल्लेख छ । वर्षा सुरु भएसँगै नारायणगढ- मुग्लिनसडकमा पटकपटक पहिरो जाँदा सडक अवरुद्ध हुँदै आएको छ ।