काठमाडौं,४ भदौ ।
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।
श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले सोमबार नै श्रेष्ठको नाम अनुमोदन गरेको थियो ।

१८ साउनमा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । अब उनी २०८१ मंसिर २१ सम्म प्रधानन्यायाधीशहन कार्यरत रहनेछन् ।

सर्वोच्च अदालतको वेवसाइटमा उल्लेख भए अनुसार उनको जन्ममिति २०१६ मंसिर २१ गते रहेको छ । उनले उमेर हदका कारण २०८१ मंसिर २१ गते ६५ वर्षको उमेरमा अवकाश पाउनेछन् ।