sfua]gLdf af9Ln] k''¥ofPsf] Iflt d'':tfª, @( ;fpg M d':tfªsf] jf/fu''?ª d''lQmIf]q ufpFkflnsf–$ sfua]gLdf cfOtaf/ /flt cfPsf] af9Ln] k''¥ofPsf] Iflt . tl:a/ ;f}hGoM hg:jf:Yo lg/LIfs jf/fu''ª d'lQmIf]q ufpFkflnsfsf vu]Gb| af]xf]/f÷/f;;

बाग्लुङ,३ भदौ ।
मुस्ताङको कागबेनीमा बाढीले बगाएर पुरिएको अवस्थामा डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ ।

स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन गर्ने क्रममा आज आइतवार उक्त रकम फेला परेको हो । बाढीले बगाएर पुरिएको प्रभु बैंकको भवन खोतल्दा ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि एक करोड पाँच लाख ३२ हजार नौ सय ६४ रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडलले जानकारी दिए ।

बाढीले प्रभु बैंकको भवन नै बगाएको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । एक हप्तापछि आज फेला परेको उक्त रकम सुरक्षित नै रहेको उनले बताए ।