काठमाण्डौं,३ भदौ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६० किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै टुङ्गोमा पु¥याउने दोहोर्याएका छन् ।
आज आइतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले सुन प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको र सीआईबीले नै यसलाई टुङ्गोमा पु¥याउने दोहोर्याएका हुन् ।
गृहमन्त्री श्रेष्ठले बैठकमा संसद् गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको पनि बताए । संसद्को अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित रहेको भन्दै उनले भोलिसम्ममा सकारात्मक निस्कर्ष निस्कने र पर्सिसम्ममा सदन खुल्ने विस्वास ब्यक्त गरे ।






