काठमाडौं,१ भदौ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन् ।

नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानुनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरुको सम्पत्ति छानबिन गर्ने बताएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्ने उल्लेख रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुने बताए ।

सरकार सुशासन स्थापित गरेर देशलाई अघि बढाउन प्रतिवद्ध रहेको बताए ।

नक्कली भूटानी शरणार्र्थी प्रकरण, ललितानिवास प्रकरणसँगै अहिले सुन काण्ड आएको भन्दै मन्त्री गुरुङले सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताए ।

भ्रष्टाचारको लिङ्ग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अघि बढ्ने बताए ।

सुन तस्करीलाई सामान्य हेलचेक्र्याइँका रुपमा हेर्न नहुने उनले बताए ।