गोरखा,१ भदौ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानमा कसरी भाँजो हाल्न सकिन्छ भनेर विभिन्न षड्यन्त्र भइरहेको बताएका छन् । गोरखाकाे अजिरकोट गाउँपालिकास्थित भच्चेकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनलेे सरकारको अभियानले भ्रष्टाचारी, तस्कर, ठग र सुदखोरहरू आत्तिएको बताएका हुन् ।

राम्रो काम गर्न खोज्दा नराम्राहरूले सहजै अघि बढ्न नदिने प्रवृत्ति रहेको पनि गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र अपराधी पनि नछुट्ने प्रतिबद्धता व्यक्त गरे ।