Australia's goalkeeper Mackenzie Arnold, centre, clears the ball during the Women's World Cup semifinal soccer match between Australia and England at Stadium Australia in Sydney, Australia, Wednesday, Aug. 16, 2023. (AP Photo/Abbie Parr)

काठमाडौं,३१ साउन ।
आयोजक अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै इंग्ल्याड महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

यसअघि ३ पटकसम्म सेमिफाइनलमै सिमित भएको इंग्ल्याडले पहिलो पटक फाइनलको यात्रा तय गरेको हो ।

खेलको पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै इंग्ल्याडले १–० को अग्रता बनाएको हो । तर ६३ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट इंग्ल्याडका २ वटा डिफेन्डरलाई बिट गर्दै स्याम किरले अष्ट्रेलियाको लागि गोल फर्काइन् ।

अष्ट्रेलियाले गोल फर्काएको ७ मिनेटमा इंग्ल्याडकी लरेन हेम्पले पेनाल्टी बक्स भित्र डिफेन्डरको ट्याकललाई विफल पार्दै गोल गरिन् ।

एलेसिया रुसोले ८६ औं मिनेटमा अर्को गोल गर्दै इंग्ल्याडलाई ३–१ ले जिताउँदै फाइनलको दिशा देखाएकी हुन् ।

मिडफिल्डबाट आएको बललाई दाँया कर्नरबाट प्रहार गर्दै दोस्रो बार नजिक उनले गोल गरेकी थिइन् ।

अब इङ्ग्ल्यान्डले उपाधिका लागि स्पेनसँग अगस्ट २० मा खेल्नेछ । स्पेन हिजाे मङ्गलवार भएकाे पहिलाे सेमिफाइनलमा स्विडेनलाई हराउँदै फाइनलमा पुगेकाे हाे । अस्ट्रेलियाले भने तेस्राे स्थानका लागि भाेलि बिहीवार स्विडेनसँग खेल्नेछ ।