काठमाडौं,२९ साउन ।
नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका क्रममा केही बैंकका कर्मचारीलाई पक्राउ परेका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका लागि भन्दै प्रहरी सिटिजन्स बैंकका केही कर्मचारीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन् ।
यो प्रकरणमा अहिले पनि अपरेसन चलिरहेको उनलेे जानकारी दिए ।






