काठमाडौं,२९ साउन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे अबरोधका कारण आज पनि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
एमाले सांसदहरूकाे नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले
प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गरेका हुन् ।
एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।
सोमबार बसेको बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।
एमालेकाे अबरोधपछि सभामुख घिमिरेले सोमबारको बैठकको कार्यसूचीमा रहेका सबै विषय हटाएको जानकारी दिँदै आउँदो
भदौ ३ आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी गराएका हुन् ।






