काठमाडौं,२८ साउन ।
नेपाली कांग्रेसकाे जारी संसदीय समितिको बैठकमा सरकार परिवर्तनको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ ।
शुक्रबार र आइतबार बसेको दुई दिनको बैठकमा धेरै विषय उठेको र महत्वपूर्ण विषयहरुलाई सोमबार पारित गरिने प्रमुख सचेतक रमेश लेखकले बताए ।
‘सरकार बदल्ने, ढाल्ने, अर्को बनाउने कुरा भएको छैन’, आइतबारको बैठकपछि लेखकले भने ।
हालसम्म ५० जना सांसदले धारणा राखेका छन् । बाँकीले भोलि बिहान ११ बजे बस्ने बैठकमा बोल्ने छन् ।






