चितवन,२७ साउन ।
अबिरल बर्षासँगै खसेको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित ऐना पहरा भन्ने स्थानमा वर्षासँगै खसेको पहिरोका कारण साँझ साढे ६ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
पहिरो हटाउनका लागि स्थानीय पालिका तथा सडक डिभिजन कार्यालय तनहुँसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।






