लुम्बिनी,२७ साउन ।
बिवादीत लुम्बिनी बिकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाको पहिलो बैठककै निर्णय बिवादमा परेको छ ।
नवनियुक्त उपाध्यक्ष लामाको अध्यक्षतामा शुक्रबार बसेकाे कोषको सचिवालय बैठकले लुम्बिनी बिकास कोषको सम्पर्क कार्यालय काठमाण्डाैमा स्थापित गर्ने भनी गरेको निर्णय बिवादमा परेको हो ।
पहिलैदेखि बिबादित छबि भएका नवनियुक्त उपाध्यक्ष लामाले लुम्बिनी प्रबेससँगै गरेको पहिलो बैठककाे निर्णयकाे लुम्बिनी बचाउ संघर्ष समितीले बिराेध गरेको हो ।
लुम्बिनी बचाउ संघर्ष समितीका अध्यक्ष रामविकाश चाैधरीले सामाजिक सञ्जाल फेसबुक मार्फत बिराेध जनाएका हुन् ।
पहिलैदेखि बिबादित छबि भएका नवनियुक्त उपाध्यक्ष लामाले लुम्बिनी प्रबेससँगै गरेको पहिलो बैठककाे निर्णय लुम्बिनीबासीलाइ मान्य नभएको चेतावनीका साथ नेपाल सरकार मन्त्री परिषद र लुम्बिनी बिकास कोषलाइ सूचित गराएका छन् ।
बैठकमा नवनियुक्त उपाध्यक्ष लामाले सरकारकाे लगानी बिना दाताहरूकाे सहयोगमा मायादेवी मन्दिर जिर्णाेद्वारका लागि सात करोड रूपयाँ सहयोग गर्ने प्रतिवद्वता जनाएका थिए ।
नवनियुक्त उपाध्यक्ष लामाले बिहीबार मात्रै पदभार ग्रहण गरेका थिए ।







