काठमाडौं,२६ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने भएका छन् ।
पार्टीका सभापति रवी लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटेर राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयमा कुनै पनि सेवा सुविधा नलिने जानकारी गराएका हुन् ।
‘हालसम्म हामीले पाएको भए त्यसको मिलान गरिदिने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछु’ उनले भनेका छन् ।
साथै सभापति लामिछानेले संसद बैठक नियमित गर्न आवश्यक पहल लिन पनि सभामुख घिमिरेसँग आग्रह गरेका छन् ।






