काठमाडौं,२६ साउन ।
नक्कली प्रमाण पत्रका आधारमा डाक्टर पढेको आराेपमा डा. पुनम थापा चौधरी पक्राउ परेकी छन् ।
सुमेरु सिटी अस्पतालमा कार्यरत चाैधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सकलाई पक्राउ गरिरहेको छ ।
पूराना केसलाई अध्ययन गरेर नयाँ कारबाही चलाएको सीआईबीले नेपाली कांग्रेसका सांसद तथा मेडिकल कलेज सञ्चालक सुनिल शर्मासहित ८ जनालाई पक्राउ गरिसकेको छ ।






