काठमाडौँ,२२ साउन ।
आज पनि लुम्बिनीसहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको माैसमविद्ले बताएका छन् ।
मनसुन सक्रिय भएसँगै देशभर वर्षा हुने क्रम जारी छ । सोमबार बिहान पनि लुम्बिनी, सुदूरपश्चिम,बागमती,काेशी,
मधेश प्रदेशको पश्चिमी भागका एक/दुई स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशााखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
‘अहिले मनसुन सक्रिय भएको छ’, उनले भनिन्, ‘अरू दुई/तीन दिन वर्षा जारी रहने देखिन्छ ।’
महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
आज काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना देखिएको मौसमविद् कँडेलले जानकारी दिइन् ।
यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। मौसम महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।






