बुटवल,२० साउन ।
शुक्रबारदेखि बुटवलमा सुरु भएको दुई दिने धर्म, ज्योतिष एवं वास्तु सम्मेलन सम्पन्न भएको छ ।

विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना तथा लुम्बिनी पूजा सामाग्री भण्डार बुटवलको सह–आयोजनामा भएको सम्मेलनको समापन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सम्मेलनमा भएको सहभागिता र फलफलको बिषयबस्तुले यो पेसा र क्षेत्रको औचित्य पुष्टि गरिसकेको बताए ।

पुर्व मेची देखि पश्चिम महाकाली सम्मका धर्म गुरु तथा अनुयायीहरु एवं ज्योतिषहरुको गरिमामय उपस्थितिले बुटवललाई नयाँ उर्जा प्रदान गरेको भन्दै उनले हिन्दु धर्मको प्रवद्र्धनको लागी तिनाउमा रात्रीकालीन आरती गर्नको उपमहानगरपालिकाले केही बजेट बिनियोजन गरेको जानकारी गराए ।

धार्मिक रुपमा गाईलाई ठुलो महत्व दिएको भन्दै उनले यसै सम्मेलनले प्रत्यक प्रदेशमा सुविधा सम्पन्न गौ संरक्षण केन्द्रको स्थापना गर्नुपर्ने निर्णय गरेको भए राम्रो सन्देश जाने धारणा राखे ।
बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रदेशमा एक सुबिधासम्पन्न गौं संरक्षण केन्द्र स्थापना गर्नुपर्छ भन्ने बिषयमा पहलकदमी गरीरहेको वाताउदै उनले बुटवल देखि रानीमहल हुदै मुक्तीनाथ मन्दिरसम्म पुग्ने सजिलो बाटो बनाउन पहल भैरहेको समेत बताए ।
धार्मिक क्षेत्रहरुलाई पर्यटकीय स्थानहरुसंग जोडेर काम गर्न सके धर्म र पर्यटन दुवैको विकास हुने उनको भनाई थियो ।

विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपानेको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष लोकराज पौडेल,पुर्व सांसद शंकर प्रसाद पाण्डे,विश्व ज्योतिष महासंघका केन्द्रीय सदस्य सुरेश पाण्डेय लगायतले आ आफ्नो भनाई राखेका थिए ।
दुई दिने सम्मेलनमा प्रा. डा. देवमणि भटट्राईले आशौच परिचय र निर्णयहरु, उप प्रध्यापक लक्ष्मीप्रसाद बरालले ज्योतिषशास्त्रमा बैदेशिक यात्रा सम्बन्धी र बरिष्ठ वास्तुविद् माधवमंगल जोशीले वास्तु शास्त्र सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना तथा लुम्बिनी पूजा सामाग्री भण्डार बुटवलको सह–आयोजनामा भएको सम्मेलनमा प्रा. डा. देवमणि भट्टराईले आशौच परिचय र निर्णयहरु विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

देशभरका करिब पाँच सय ज्योतिषहरुको सहभागिता रहेको सम्मेलनमा धर्म, अध्यात्म, कर्मकाण्ड, ज्योतिष विद्या, योग, तन्त्र, साधना, वास्तु विज्ञ एवं वास्तु विषयसँग रुचि राख्ने र तत्सम्बन्धी काम गर्दै आएका व्यक्तिहरू सहभागी रहेको कार्यक्रम संयोजक सुन्दर भण्डारीले जानकारी दिए ।
कार्यक्रममा खासगरी २०४६ सालको परिवर्तन पछि नेपाली समाजमा सनातन सनातन धर्म माथीनै बिभिन्न वहानामा पश्चिमाहरुको प्रभाव जमाउदै आईरहेको भन्दै सम्मेलनले सनातन धर्मको रक्षा र जगेर्ना गर्न उर्जाशिल आत्मशक्ति वढाएर लैजाने विस्वास ब्यक्त गरेका थिए ।