बुटवल,१९ साउन ।
देशभरका ज्योतिषहरु बुटवलमा भेला भएका छन् ।
आजदेखि बुटवलमा सुरु भएको दुई दिने धर्म, ज्योतिष एवं वास्तु सम्मेलनमा सहभागि हुन देशभरका ज्योतिषहरु बुटवलमा भेला भएका हुन् ।

विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना तथा लुम्बिनी पूजा सामाग्री भण्डार बुटवलको सह–आयोजनामा भएको सम्मेलनमा प्रा. डा. देवमणि भट्टराईले आशौच परिचय र निर्णयहरु विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।
विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष जनार्दन न्यौपानेको सभापतित्व र नेपाल पञ्चांक निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलन उद्घाटन कार्यक्रममा संस्कृत केन्द्रीय विभागका अध्यक्ष देवमणी भट्टराई, विश्व ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष लोकराज पौडेल,स्वामी लोकानन्द जी महाराज, चैतन्यजी महाराज,दक्षिण यसियाली ज्योतिष महासंघकी अम्बीका शर्म लामिछाने,पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष डा.बालकृष्ण चापागाई,नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेल, विश्व ज्योतिष महासंघका केन्द्रीय सचिब अर्जुन भट्टराई,इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख,प्रहरी नायव उपरीक्षक दान बहादुर थापा,महासघका लुम्बिनी प्रदेश उपाध्यक्ष चेतनारायण सुवेदी,महासचिब कमल पौडेल, लगायतले आ आफ्नो भनाई राखेका थिए ।
पाँच सय ज्योतिषहरुको सहभागिता रहेको सम्मेलनमा धर्म, अध्यात्म, कर्मकाण्ड, ज्योतिष विद्या, योग, तन्त्र, साधना, वास्तु विज्ञ, निर्माण व्यवसायी, व्यापारी, एवं वास्तु विषयसँग रुचि राख्ने र तत्सम्बन्धी काम गर्दै आएका व्यक्तिहरू सहभागी रहेको कार्यक्रम संयोजक सुन्दर भण्डारीले जानकारी दिए ।






