काठमाण्डाै,१८ साउन
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन ।
आज बिहीवार बसेकाे संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । श्रेष्ठ सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हुन ।
अब प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठको संसदीय सुनुवाइ हुने छ । सुनुवाइ अनुमाेदन भएपछि राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन ।
वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल पर्सि शनिवार सकिँदै छ । प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्ने भए पनि ढिला गरी परिषद्को बैठक बसेकाे हाे ।






