काठमाडौं,१५ साउन ।
शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको छ ।

सोमबार सूचना प्रकाशित गरी शिक्षक सेवा आयोगले लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले १३ गतेलाई सारिएको जानकारी गराएको हो । परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन ।

प्रावि तहमा शिक्षक पदको लागि ६ हजार १३ रिक्त दरबन्दीमा पदपूर्तिका लागि आयोगले परीक्षा सञ्चालन गर्न लागेको हो ।