ऋषिराम खनाल
प्रेमिल कविता
तिमी लाई बाधा विचलन न देख्ने मन लिंदै
तिमी हिड्ने बाटो अनुपम बनोस् भन्दछु सधै
म सुस्केरा हाली जब नजिक धाएँ प्रियतम
बुनी तानाबाना ‘अधिक’ मन दुखायौ किन भन ? । १
—
अती राम्रा लाग्छन् मृगनयन आँखा दिनदिन
अझै राम्रा तिम्रा मधुर रस वाणी किनकिन?
सधै प्यारो लाग्ने तर मन बदल्दा बलगरी
वल्यो राँको आगो दननन हुँदै जीवन भरी । २






