बुटवल,१३ साउन ।
लायन्स क्लब अफ बुटवल एसियनको आयोजनामा बुटवलको निलकण्ठ बाबा धामका बटुकलाई खाद्यान्न तथा लत्ताकपडा बितरण गरिएको छ ।

क्लवको नियमित कार्यक्रम अन्तरगत बटुकलाई खाद्यान्न तथा लत्ताकपडा बितरण गरिएको क्लबले जनाएको छ ।

लायन्स क्लब अफ बुटवल एसियनका अध्यक्ष ला. सरिता गिरीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ पी नेपालका वर्ष २०२६/०२७ का डिष्ट्रिक्ट गभर्नर सन्दीप कसौधनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन बैकुण्ठ श्रेष्ठको विशिष्ट आतिथ्यता तथा मन्दिर व्यवस्थापन समितिका सचिव दण्डपाणी पाण्डेको आतिथ्यता रहेको थियो ।

माया कार्की र जुना राउतको संमन्वय,सचिव सरस्वती पाण्डेको संचालन तथा उपाध्यक्ष गिता भण्डारीको स्वागत मन्तव्यमा कार्क्रम भएको थियो ।

प्रकाश राज ज्ञवाली र श्रीमती मन्जु ज्ञवालीका सुपुत्र किस्मत ज्ञवालीको जन्म दिनको अवसर पारेर सौजन्य गरिएको खाध्यान्न लत्ताकपडा लायन्स पदाधिकारीहरू,अतिथिहरूको सहभागितामा वितरण गरिएको हो ।

मानवीय सेवाका साथ विभिन्न रचनात्मक कार्य गर्दै आएको क्लबले यसप्रकारका सामाजिक कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेको छ । केही दिन अघि मात्र क्लवले बुटवलको जनता मावी को प्राङगणमा बृक्षारोपण गरेको थियो ।