काठमाडौं,१३ साउन ।
पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसले शोक प्रस्ताव पारित गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

उनका अनुसार साउन १३ देखि १५ गतेसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय भएको छ ।

१४ गते सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

१३ औँ दिनमा गृह जिल्ला (स्याङ्जा)को कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोक सभाको आयोजना समेत गर्ने निर्णय गरेको छ ।