बाँके,१३ साउन ।
बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टि ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–३ बस्ने अन्दाजी ४० वर्षीय कालु थारु, अन्दाजी २६ वर्षीय प्रकाश थारु र अन्दाजी ३३ वर्षीय बिर्जा थारु रहेका छन् ।

स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टि ट्याङ्कीमा आज बिहान करिब ९ बजे उनीहरू फसेका थिए ।

प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई मृत अवस्थामा बाहिर निकालेको थियो । उक्त शवहरू परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।