चितवन, १३ साउन ।
पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्ड पुन: सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
सडकको पहिरो पन्छाएर बिहान करिब १० बजेदेखि सडक पुन: दुईतर्फी सञ्चालन गरिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुन: अवरुद्ध भएको थियो ।






