काठमाडौँ,१२ साउन ।
मध्य पहाडी लोकमार्ग आयोजनाका निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ । इन्जिनियर हरि कुमार पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले जानकारी दिए ।
घरमा काम गर्ने किशोरीलाई पोखरेलले बलात्कार गरेको आरोप छ । किशोरीले कालीमाटी स्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन । त्रिुपरेश्वर स्थित ब्लुक्रस अस्पतालबाट पक्राउ गरेर इन्जिनियर पोखरेलमाथि अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।
उनी संलग्न बलात्कार घटनाबारे सामाजिक सञ्जालमा पनि प्रश्न उठेको थियो ।






