काठमाडौँ,११ साउन ।
राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएको छ । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा उक्त विधेयक टेबल भएको हो ।

राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले विधेयक टेबुल भएको जानकारी दिए । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । राष्ट्रियसभाबाट आजै यो विधेयक पारित गर्ने तयारी रहेको छ ।

साे विधेयक गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भइसकेको छ ।

राष्ट्रिय सभाबाट पारित भएसँगै राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो विधेयक ऐनको रुपमा लागू हुनेछ ।