बुटवल,९ साउन ।
रुपन्देहीको मर्चवारमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सम्मरीमाइ गाउँपालिका वडा नम्बर ७ हर्दी बस्ने ३५ वर्षीया मानती यादव रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुंवरका अनुसार दिउसो पौने १२ बजे यादवसहित करिब १५ जना दाउरा टिप्न गएका थिए । सोही क्रममा दानव खोलामा आएको बाढीले मानती यादवलाई बगाएको प्रहरीले जनाएको छ । ।

बेपत्ता यादवको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले खोजी गरिरहेको प्रहरी निरीक्षक कुंवरले बताए ।