काठमाडौँ,७ साउन ।
बालुवाटारस्थित ललिता निवास क्याम्प भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका छन् ।
उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको ब्युरोको अनुसन्धानबाट खुलेको उनलेे बताए । यससँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।
अदालतको अन्तरिम आदेशले छुटेकाहरुलाई पनि सर्वोच्च अदालतले शुक्रवार गरेको आदेशले पक्राउ गर्न बाटो खुलेको छ ।






