काठमाडौँ,६ साउन ।
करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । विमानस्थलबाट सुन बाहिरिएको दिन एक्स–रे मेसिन हेर्ने जिम्मा श्रेष्ठले पाएका थिए ।
यसअघि भन्सार विभागले कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरिसकेको छ । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरेको थियो ।
क्याथे प्यासिफक एयरलाइन्सबाट काठमाडौँ आएको अवैध सुन भन्सार कार्यालयबाट बाहिर आएपछि विभागको टोलीले नियन्त्रणमा लिएको थियो । यस प्रकरणमा चिनियाँ नागरिकसहित १० जनालाई पक्राउ परेका छन् । भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा टोली गठन गरेको छ ।






