लुम्बिनी,३ साउन ।
अन्तराष्ट्रिय बुद्धिष्ट सेन्टरको आयोजनामा काठमाण्डौमा भगवान गौतम बुद्धले २९ बर्ष विताएको कपिलवस्तु नगरपालिकामा संसारकै अग्लो बुद्धमुर्ति बनाउने अवधारणामाथि छलफल भएको छ ।

पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल अध्यक्ष रहेको सेन्टरले नयाँ बानेश्वरमा गरेको छलफलमा मलेशिया स्टेवर्ड छुँगले बुद्धमुर्ति पार्क संग्रालय सहित तयार गुरुयोजनाको प्रारम्भीक अवधारणा प्रस्तुत गरेका थिए ।

नेपालको तर्फबाट जग्गा प्राप्तीको प्रक्रिया समयमा टुंगिएमा कपिलवस्तुको बाणगंगा नदी किनारमा आगामी ७ बर्षमा २४५ मिटर अग्लो बुद्धमुर्ति सहितको पार्क बन्ने कार्ययोजना तय गरिएको स्टेवर्डले बताए । बुद्धले २९ बर्ष बिताएको कपिलबस्तुमा संसारकै अग्लो बुद्धमूर्ती निर्माणले विश्वमा नयाँ किर्तीमान कायम गर्ने पूर्वप्रधानमन्त्री माधव नेपालले बताए । उनले यो सम्पन्न गर्न सकिएमा नेपाल सगरमाथाले मात्र हैन बुद्धको संसारकै अग्लो बुद्धमुर्तिले पनि चिनिने बताए ।

कार्यक्रम चिनियाँ मास्टर से डे युन को उपस्थिती रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

उनले उक्त परियोजनाका लागि श्रोत जुटाउन कठिन नहुने धारणा राखेका थिए । कार्यक्रममा अवधारणाले डिटेल डिजाइन गर्न बुद्धिष्ट सेन्टर, वाइअप कम्पनि मलेशीया र टिआईडिए कन्सटक्सन चाइना विच कार्यसंझौता पनि गरिएको छ ।