बुटवल,१ साउन ।
पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३ मा अवस्थित सिद्धबाबा परिसरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

लायन्स क्लब अफ मणिमुकुन्द युथको आयोजना र लियो क्लब अफ बुटवल गोल्डेन जूब्ली तथा लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको सह आयोजनामा आजदेखि एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरू भएको हो ।

साउन महिनामा सिद्वबाबा मन्दिरमा आउने दर्हनार्थी तथा भक्तजनलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष थानेश्वर अर्यालले जानकारी दिए ।

मन्दिरमा दर्शन गर्न आउने भक्तजनले निःशुल्क रुपमा मधुमेह परिक्षण, रक्तचाप परिक्षण लगाएतका स्वास्थय सेवा लिन सक्ने र यो शिविर साउन महिनभर हरेक सोमबार र शनिवार सञ्चालन हुने उनलेे बताए

साउन महिनामा सिद्वबाबासहित शिव मन्दिरहरूमा भक्तजनहरूकाे भिड लाग्ने गर्दछ ।