काठमाडौँ,३१ असार ।
बालुवाटार स्थित ललिता निवासकाे सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप ५ दिन हिरातमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
उनीहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न
अदालतले प्रहरीलाई थप ५ दिनको म्याद दिएको हो ।
यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । यससँगै पक्राउ परेकाहरु बढीमा कुल १९ दिन हिरातमा रहिसकेका छन् ।
ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरूमा मीन बहादुर गुरुङ– भाटभटेनी सुपर मार्केटका सञ्चालक,सुधीर कुमार शाह (पूर्व निर्वाचन आयुक्त), धर्मप्रसाद गौतम (शाखा अधिकृत),गोपाल कार्की, अवकाश प्राप्त खरिदार,शिवजी भट्टराई, तत्कालीन वडा सचिव,घमानकुमारी कार्की (नापी सर्वेक्षक),बाबुराजा महर्जन (नक्कली मोही),रमेशकुमार पोखरेल (समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख),देव नारायण महर्जन (मोही),लोकहरी घिमिरे (समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख), ध्रुबप्रसाद अर्याल (नापी सर्वेक्षक), कृष्णबहादुर राउत (सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव),योगराज पौडेल, नासु डिल्लीबजार मालपोत,नारायणदास मिश्र (पूर्व खरिदार डिल्लीबजार मालपोत), रुद्रप्रसाद श्रेष्ठ (महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग),बालकृष्ण श्रेष्ठ (सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय),विनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी रहेका छन् ।
साेहि प्रकरणमा पक्राउ परेका कलाधर देउजा (प्रमुख डिल्लीबजार मालपोत),सुरेन्द्रमान कपाली, अधिकृत र हुपेन्द्रमणि केसी, शाखा अधिकृत अदालतकाे स्टे अर्डरबाट छुटेका छन् ।






