काठमाडौँ,३१ असार ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले
सहकारी नियमन गर्न शक्तिशाली संस्था स्थापना गर्नुपर्ने बताएका छन् ।
सहकारीकर्मीका माग पूरा गर्न आग्रह गर्दै उनलेे सहकारी नियमन गर्न शक्तिशाली संस्था स्थापना गर्नुपर्ने बताए ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बाेल्दै उनलेे केही सहकारीको कमजोरीले अन्य सहकारी पनि आलोचित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद शर्माले भने,’सहकारीकर्मीहरू आन्दोलनमा छन् । केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका छन् । सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने हो ।’

सांसद शर्माले आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न आग्रह गरेका छन् । उनले आन्दोलनमा हस्तक्षेप गर्न नहुने बताए ।

त्यस्तै, हरेक तीन वर्षमा बढाउनुपर्ने श्रमिकको न्यूनतम ज्याला तोक्न पनि सांसद शर्माले आग्रह गरेका छन् ।