काठमाडौँ,३१ असार ।
प्रतिनिधिसभा बैठक आज बस्दै छ ।

आज अपराह्न १ः०० बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ पेश गर्ने सम्भावित कार्यसुचि रहेको छ ।

बैठकमा सो प्रस्ताव माथिको संशाेधनहरुलाई सभामुखले निर्णायार्थ प्रस्तुत गर्ने र मन्त्री गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।