बुटवल,२८ असार ।
रुपन्देहीकाे सैनामैना नगरपालिका १ स्थित श्री पर्राेहा परमेश्वर शिव ज्योतिर्लिङ बोलबम धाममा यो वर्ष पनि श्रावणी मेला तथा जलार्पण यात्रा विषेश अनुष्ठान कार्यक्रम हुने भएको छ ।

पश्चिम नेपालको पशुपतीको रुपमा पहिचान बनाएको धाममा
असार १८ देखि भाद्र १४ गते सम्म जलार्पण यात्रा तथा श्रावणी मेला सुरु गरेको हो ।

धामले बिहीवार पत्रकार सम्मेलन गरी यसको बारेमा जानकारी गराएको हो । धामका अध्यक्ष रामबली चौधरीले १९ वर्ष पछि अधिकमास(मलमास) साउन महिनामा परेको भएपनी असार १८ देखि भाद्र १४ गते सम्म कार्यक्रम राखिएको जानकारी दिए ।

जलार्पण यात्रा ब्यवस्थापनका लागि समिती गठन गरेर ब्यवस्थित गरेको बताउदै उनलेे विभिन्न तिर्थस्थलमा पुर्याउने र ल्याउने ब्यवस्थापन गरिएको बताए । धाममा आउने भक्तजन आउदा प्रयोग गरेका सवारी साधनको पार्किङको ब्यवस्थापन समेत गर्दै आएको बताए ।

कार्यक्रम सफल बनाउन विभिन्न समिती/उपसमितिहरु गठन गरिएको धामका महासचिव प्रेमलाल भुसालले जानकारी दिए ।

यात्रा ब्यवस्थापन समितीका संयोजक शालिकराम भन्डारीले बोलबमको यात्रा २०३९ सालदेखी शुरुभएको भएपनी २०५३ बाट बृहत रुपमा अगाडि बढ्दै आएको बताए । उनले २०८० मा असार १८ देखि भाद्र १४ गते सम्म यात्रा तय गरेको जानकारी दिए। गुरु पुर्णिामाबाट २५० तिर्थयात्रीले धामबाट यात्रा शुरु गरेको बताए बताउदै यो अवधिमा दैनिक हजारौको संख्यामा पैदल यात्री बोलबम आउने बताए ।

उनले असार १८ गते लक्ष्मण घाट, असार ३० गते कालिरह, साउन ११ देखि १४ गते मा नवलपरासीको त्रीवेणी धाम,साउन २६ रुरु क्षेत्र, २७ गते गण्डकिको जल बोलबम,भाद्र ८ गटेदेखी ९ गतेसम्म तनहुको देबघाटबाट ल्याएर ५०० तिर्थालुलाइ जलार्पण गराउने योजना रहेको बताए।

उनले ५०१ सदस्यीय मुल जलार्पण कार्यक्रम समिती निर्माण गरेको बताउदै समिती उपसमिती बनेको बताए ।

बोलबमका पण्डित विष्णु प्रसाद ज्ञवालीले मलमास भएपनी बोलबममा जलार्पण हुने बताए । उनले अन्य विभिन्न कामहरुमा रोक लगाएको बताउदै परम्परागत ब्रत, जप, पुजा, यात्रालाई निरन्तर राख्न मिल्ने भएकोले बोलबममा यात्रा र जलार्पण हुने बताए । शास्त्रीय बचनलाई आधार मानेर कार्यक्रम गर्न लागिएको बताउदै उनलेे घरमा रुद्राभिषेक गर्न नमिल्ने भएकोले मन्दिरमा पवित्र कार्य हुने भएकोले निशंकाेच आउन आग्रह गरे ।

उनलेे राष्ट्रिय पञ्चाङ निर्णायक समितीले जारी गरेको मापदण्ड अनुसार हरिहर कथा,रुद्राभिशेक,जलार्पण कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।