काठमाडौं,२४ असार ।
ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।
राउतलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको सीआईसीबकी एआइजी किरण बज्राचार्यले जानकारी दिइन् । त्यसबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गराइसकेको प्रहरीले जनाएको छ ।






