बुटवल,२४ असार ।
अभिनेता तथा निर्देशक सरोज खनालले `बगान´ समाजको यथार्थ चित्रण गरेको फिल्म भएको बताएका छन् ।
फिल्म प्रमाेशनका क्रममा शनिबार बुटवल आएको नेपाली चलचित्र बगानको टिमसँगकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै निर्देशक खनालले फिल्मले समाजको यथार्थ चित्रण गरेको बताएका हुन् ।
चलचित्र पत्रकार संघ रुपन्देहीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खनालले फिल्म हलमा एकलमहिला तथा बिधुवाहरुलाई निशुल्क हेर्ने व्यवस्था गरेको बताउदै निर्देशक खनालले हरेक महिलाको हक अधिकार चाहनाको पक्षमा समाज हिड्न नसक्दा यस्तो कथा जन्मिएको बताए ।
कार्यक्रममा बोल्दै अभिनेत्री करिश्मा मानन्धरले फिल्म बगानले एकल नारीको अधिकार, समस्या चुनौतीका बीच समाधान खोजेकोले सबै दर्शकले एकपटक हेर्ने पर्ने चलचित्र बनेको बताइन। कथा मनपरेको कारण फिल्ममा आबद्ध भएको जानकारी गराउदै अभिनेत्री मानन्धरले हरेक समाजका कुरिती र कुसंस्कृति बिरुद्धको आवाज बगान भएको बताएकी छिन। आफ्नो पहिलो फिल्म भएपनि यस क्षेत्रमा पहिल्यै देखि रुचि रहेको र बगानले आफ्नो करिअर अगाडी बढाउने नव नायिका प्रमिला पोखरेलले बताईन। बगानको कथामा हरेक नारी आमा छोरी बुहारीको कथा पाइने बताउदै नायिका कार्कीले हरेक समाजमा भएको व्याप्त नारीको बेदनालाई टपक्क टिपेर कथा बुनिएको बताएकी छिन।
आफ्नो मोफसल यात्रालाई अघि बढाएको बगान टिम शनिबार बिहान चितवनको कार्यक्रम सकेर बुटवल हुँदै आइतबार भैरहवा र पोखरा र त्यसपछि काठमान्डौ जानेछ। ‘बगान’ मा निर्देशक खनाल र करिश्मासँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।
गीतकार सुरेश वाग्लेको निर्माण तथा स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेका छन्। प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।:






