चितवन,२३ असार ।
पहिरो खसेर नारायणगढ-मुग्लिन सडक पुनः अबरुद्ध भएको छ ।

नारायणगढ-मुग्लिन सडक खण्डको काली खाेला नजिकै शनिबार दिउँसो ४ बजेतिर सुख्खा पहिराे जाँदा सडक अवरुद्ध भएको हो ।

साेहि सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका-५ तीन किलोमा आज बिहान पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।

पटकपटक पहिरोका कारण सडक अवरुद्ध भएर केही दिनयता नियमित सञ्चालनमा रहेको उक्त सडक खण्डमा शनिबार फेरि पहिरो गएर सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडक डिभिजनका अनुसार कार्यालयको टोली अवरोध हटाउन घटनास्थलमा जाँदैछ । थप पहिरो नखसे अब पहिरो पन्छाउन ५ घण्टा जति समय लाग्ने पनि सडक डिभिजन भरतपुरले जनाएको छ ।