ललितपुर,२३ असार ।
रोटरी क्लब अफ सैबु भैंसेपाटीको अध्यक्षमा पिताम्बर खनाल चयन भएका छन् । सन् २०२३÷२०२४ को लागि खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । क्लबको उपाध्यक्षमा सरद रञ्जित, प्रेसिडेन्ट इलेक्टमा सिंहराज थापा, प्रेसिडेन्ट नोमिनिमा विजयराज डंगोल चयन भएका छन् ।
एकवर्षे कार्यकालको लागि चयन भएको कार्यसमितिको इमिडेट पास्र्ट प्रेसिडेन्ट विकास न्यौपाने, चार्टर प्रेसिडेन्टमा डा. वासुदेव पाण्डे, एक्टिङ सेक्रेटरीमा करणविर थापाक्षेत्री, कोषाध्यक्ष र सर्भिस प्रोजेक्टको अध्यक्षमा मदन महत, कोषाध्यक्षमा पुष्पा वेल्वासे, सर्जेन्ट एट आर्मसमा राम अधिकारी, क्लब ट्रेनरमा लालबहादुर चन्द, एडमिन चियरमा शिवगोपाल थापा, सर्भिस प्रोजेक्ट को–चियरमा एमएस काप्री चयन भएको क्लबले जनाएको छ ।
कार्यसमितिको रोटरी फाउन्डेसन चियरमा निर्मला वस्ताकोटी, पब्लिक रिलेसन चियरमा ईश्वर जिसि, मेम्बरसिप चियरमा मदन मलेकु र एक्जुकेटिभ सेक्रेटरीमा सुभेच्क्षा कोइराला चयन भए । अध्यक्षमा चयन भएपछि पहिलो बैठकमा बोल्दै अध्यक्ष खनालले रोटरी क्लब भैसेपाटीलाई नमुना क्लब बनाउने प्रतिबद्धता जनाए ।
उनले एक वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, खानेपानी, साक्षरता, वातावरण लगायतका क्षेत्रमा विभिन्न नया योजना अघि बढाउने जानकारी गराए । आफ्नो कार्यकालमा समाजसेवाप्रति समर्पित रोटरी क्लब अफ भैसेपाटीलाई थप उचाइमा पु¥याउने उनको प्रतिबद्धता छ ।






