काठमाण्डाै,२२ असार ।
आज लुम्बिनीसहित छ प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मधेस बाहेक आज सबै प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्काे अनुमान छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै, राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा मेघ–गर्जन र चट्याङसहित ठूलो पानी पर्ने अनुमान रहेको उनले बताइन् । बाग्मती, कर्णाली र कोशी प्रदेशका केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पहाडी क्षेत्रमा लगातारजसो पानी परिरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । भिरालो जमिन तथा नदी आसपासका क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।