काठमाडौं,२१ असार ।
स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये सरकारले हाललाई ४० प्रतिशत रकम हस्तान्तरण गर्ने भएको छ ।
आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये हाललाई ४० प्रतिशत वित्तीय हस्तान्तरण गर्ने निर्णय हो ।

गत वैशाख २ गतेको मन्त्रीपरिषद्को बैठकले २०७९÷०८० मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय सम्मानीकरणको अनुदानको रकम ५० प्रतिशत कटौति गरेको थियो ।

तर आज बसेको मन्त्रीपरिषद्को बैठकले बाँकी ५० प्रतिशत अर्थात ५ अर्ब ९ करोड रुपैयाँको ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।