काठमाडौं,२० असार ।
विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधाघण्टा स्थगित भएको छ ।

प्रधानमन्त्री प्रचण्डको आफुलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिक्षी दलहरु एमाले, रास्वपा र राप्रापाका सांसदहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

एमाले सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाए ।

उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने बताएका थिए ।