काठमाण्डौ,२० असार ।
आज लुम्बिनी, सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
लुम्बिनी,सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
उनका अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका जिल्लामा हावाहुरी चल्ने सम्भावना छ ।
गएराति लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको थियो । ठूलो वर्षाका कारण पाल्पाको बल्ढेङगढीमा बाढीको जोखिम बढेको छ ।
बल्ढेङगढी आसपासका खोलामा बाढी आउने खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस क्षेत्रको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
आज राति पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो वर्षाको अनुमान रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् वरुण पौडेलका अनुसार आज दिनभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । भोलि पनि मौसम यस्तै रहने अनुमान छ ।
पर्सिदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।









