पाल्पा,१९ असार ।
लगातपाल्पाको बर्षासँगै पहिरो खसेर सिद्धार्थ राजमार्गकाे पाल्पा-बुटवल सडक खण्ड अबरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गमा पर्ने तानसेन नगरपलिका-८ गौडेपुलनजिक भर्खरै पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।
पहिरो सफा गर्न सडक डिभिजन कार्यालयलाई खबर गरिए पनि अहिलेसम्म डाेजर आइपुगेको छैन । सडक अवरुद्ध भएपछि पाल्पातर्फ आउने र बुटवलतर्फ जादै गरेका सवारी साधन अलपत्र परेका छन् ।









