काठमाडौँ,१८ असार ।
राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले पारित भएको हो।

बैठकमा सांसदहरुले आवश्यकता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए।

राष्ट्रियसभाको अर्को बैठक असार १९ गते मंगलबार (भोलि) १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ।

आज (सोमबार) बसेको बैठकमा आगामी आर्थिक वर्षको वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ ।