काठमाडौँ,१७ असार ।
विश्वकप क्रिकेट छनोट प्ले अफमा नेपाललाई सुरुवाती सफलता मिलेको छ । नेपालको तर्फबाट करण केसीले दोस्रो बलमै यूएईका ओपनर आसिफ खानलाई आउट गरेका छन् ।

९ ओभर खेलिरहँदा अहिले यूएईले १ विकेटको क्षतिमा ३५ रन जोडेको छ । हाल यूएईको तर्फबाट आर्यंश शर्मा र वृत्या अरविन्दले ब्याटिङ गरिरहेका छन् ।