काठमाण्डौ,१७ असार ।
आज पनि लुम्बिनी,सुदूरपश्चिम र कोशी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

उनका अनुसार आज हिजो अस्तिको जस्तो अति ठूलो वर्षाको सम्भावना छैन । तर, एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

अहिले वाग्मती, गण्डकी र मधेस प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यस्तै, राति कोशी र मधेस प्रदेशका एक दुई ठाउँमा मेघगजर्नसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अस्तिदेखि लगातारजसो परेको वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ ।

जोखिममा रहेका ठाउँका बासिन्दालाई सतकर्ता अपनाउन मौसमविद्को आग्रह छ ।