काठमाडौँ,१६ असार ।
संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न समाजको आठौं अधिवेशनमा भएको निर्वाचनबाट सत्याल ६३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी विष्णु क्षेत्रीले ४४ र तुलसी सापकोटाले २७ मत प्राप्त गरे ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सिर्जना घिमिरे र किरण दहाल चयन चयन भएका छन् ।
यस्तै महासचिवमा जयसिंह महरा निर्विरोध निर्वाचित भएका छन भने सचिवमा गुन्जनराज गिरी र सविता शर्मा तथा कोषाध्यक्षमा अमुल थापा निर्वाचित भएका छन् ।

सदस्यहरूमा कमलराज भट्ट, रोमन आचार्य, शीला तिमल्सिना, मीरा बस्नेत, अन्जन लामिछाने, राजु थापा, विनोद कटुवाल र रघुनाथ बजगाईं निर्वाचित भएका छन् ।