स्याङ्जा,१२ असार ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको बिरुवा–७ बलेवाका दलबहादुर गुरुङकी १० वर्षीया छोरी गीता गुरुङ रहेकी छन् ।

उनको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए ।

मङ्गलवार दिउँसो आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा बिजुलीको प्लगबाट करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको प्राथमिक स्वास्थ केन्द्र वालिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।