काठमाडौं, १२ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि संसदीय अराजकतातर्फ उन्मुख भएको छ ।

विभिन्न माग राखेर लामो समयसम्म संसद बैठक अबरुद्ध गर्ने केही दलहरूकाे गलत प्रबृत्तिलाई पछ्याउँदै नयाँ शक्तिको रूपमा उदाएको रास्वपा पनि संसदीय अराजकतातर्फ उन्मुख भएको हो ।
आज बसेकाे प्रतिनिधि सभाको बैठक पनि रास्वपाले अबरुद्ध गरेको छ ।

रास्वपाकाे अवरोधपछि प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ ।

जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै
रास्वपाका सांसदहरूले बैठक अवरुद्ध पारेका थिए ।

रास्वपालाई नेकपा एमालेका सांसदले पनि साथ दिएका थिए ।

असंवैधानिक माग राखेर महिेनाैंसम्म संसद अबरुद्ध गरेर जनप्रतिनिधि संस्था संसदलाई बन्धक बनाएकाे भन्दै चा‌तर्फि आलोचना भएपछि नेकपा एमाले साे कदमबाट पछि हट्न बाध्य भएको थियो ।